Skip to content
Shikhar Insurance
National Life

वर्षमानको बजेट फेल हुदैंछ ? केपी ओली र जनार्दन शर्मा किन आक्रामक बनिरहेका छन् ?

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदको दुबै सदनमा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरिसेकेका छन् । बजेट पास गर्ने मिति असार ७ गतेलाई तोकेको छ । बजेट पास गर्ने मिति नजिकिदैं जादाँ सत्तापक्ष र माओवादी भित्रकै ठूला नेताहरु विरोधमा उत्रिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली र नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले बजेटको खुलेरै विरोध गरिरहेका छन् । बजेटले केहि व्यक्तिहरुलाई लाभान्वित भएको एमाले अध्यक्ष ओलीले शनिबार पनि दोहोर्याए । शनिबार एमाले संसदिय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेटको निर्मम समिक्षा गर्नुपर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शनिबार बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘बजेट एक दुई जनाको मुख हेरेर आएको छ, हामी सरकारमा किन गयौं, देशको गरिबी विकास निर्माणको कामलाई अघि बढाउन हामी सरकारमा गएका हौं, अब त्यो नै हुँदैन, हामीले लिएको मन्त्रालयको पनि समिक्षा हुनु जरुरी छ ।’

ओलीको यो पहिलो बजेट विरोधी अभिव्यक्ति भने होइन । बजेट सार्वजनिक भएपछि ओलीले पटक-पटक बजेटको विरोध गरेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार जेठ १३ गते बेलुकी पख अर्थमन्त्री वर्षमान पुन ओलीलाई बजेट ब्रिफिङ गर्न बालकोट पुगेका थिए । बालकोटमा अर्थमन्त्री पुनले बजेटको हाइलाइटबारे करिब २० मिनेट पढेर सुनाएका थिए ।

२० मिनेट बजेट ब्रिफिङ सुनेपछि ओलीले बजेट यत्ति नै हो भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री पुनले पनि यतिनै हो भनि जवाफ दिएका थिए । मन्त्री पुनको जवाफ सुनेपछि ओलीले ‘ल जानुस्’ भनिदिएका थिए । ओलीको यो शब्दको अर्थ थियो बजेटमा ओली सन्तुष्ट छैनन् ।स्रोतले भन्यो, ‘ओलीले बजेटमा विनियोजन र करको दर सम्बन्धी वर्षमान पुनले छलफल गर्ने विस्वास गरेका थिए, तर मन्त्री पुनले सरकारको नीति तथा कार्याक्रम पढेर सुनाएपछि ओली रुष्ट बनेका हुन् ।’

पछिल्लो समय मन्त्री पुन र ओलीबिच बजेटको विषयमा जुहारी नै चलिरहेको छ । ओलीले यो गठबन्धनको बजेट नभएर माओवादीतिर ढल्केको बजेट भएको अभिव्यक्ति दिएका थिए । जवाफमा मन्त्री पुनले माओवादी तिर होइन जनतातिर ढल्किएको जवाफ फर्काइसकेका छन् ।

ओली वर्षमानसँग चिढिनुको कारण बजेट मात्रै नभई नियुक्तिको विषय पनि हो । पछिल्लो समय नियुक्तिमा अर्थमन्त्री वर्षामान पुनले एकलौटी गर्न थालेपछि एमाले असन्तुष्ट बनेको छ । राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अधिकृत (सिइओ) नियुक्तमा धोका खाएका ओली धितोपत्र बोर्ड अध्यक्षमा पनि माओवादीले एकलौटी गर्नेमा शंसकित बनेका छन् । सत्ताको भागबन्डामा नै प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री परराष्ट्र मन्त्री जस्ता शक्तिशाली मन्त्रालय छाडेको एमालेलाई नियुक्तिमा वर्षमानले सुरु गरेको एकलौटी मन परेको छैन ।

पछिल्लो समय बजेटको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको छ । भेटमा ओलीले आफूले धितोपत्र बोर्डको अध्यक्षको कोटा पाउनु पर्ने माग गरेका छन् । यदी बजेट पास हुनु अघिनै बोर्ड अध्यक्ष एमालेको भागमा नपरे असार ७ गते बजेट फेल गरिदिने चेतावनी ओलीले दिएको स्रोतको दाबी छ ।

ओलीको सो चेतावनीपछि धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृया छनौट समितिले अघि बढाइसकेको छ । आइतबार राष्ट्रिय योजना आयोगको हलमा बोर्ड अध्यक्ष बन्न आवेदन दिएका पाँच जनाले धमाधम अन्तर्वार्ता र व्यवसायिक कार्ययोजना पेश गरिरहेका छन् । छनौट समितिले आइतबार नै तीन जनाको नाम अर्थ मन्त्रालयलाई पेश गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयको स्रोत अनुसार बोर्ड अध्यक्षको सोमबार बस्ने मन्त्रीपरिषद बैठकले टुंगो लगाउनेछ । सो निर्णय एमालेको पक्षमा आए मात्रै असार ७ गते बजेट पास गर्ने योजना एमालेको छ ।

यद्यपी एमालेले काँग्रेससँग पनि सम्बन्ध अघि बढाउन थालेको छ । पछिल्लो हप्ता मात्रै वर्तमान राजनितिक घटनाक्रमको बारेमा एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा डिनर सहित वार्ता गरेका छन् । नेपाली काँग्रेसका दोस्रो तहका नेताहरु समेत एमालेसँग सत्ता साझेदार बन्ने विषगयमा भित्रभित्रै लागिरहेको अवस्थामा काँग्रेस एमालेको सयुक्त सरकार बनाउने विषयमा समेत छलफल भैरहेको स्रोत बताउँछ ।

पार्टी बाहिर मात्रै होइन माओवादी पार्टीका शक्तिशाली नेता तथा पुर्वअर्थमन्त्रीले बजेटको खुलेरै विरोध गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बजेट छलफल कार्यक्रममा बोल्दै शर्माले सरकारका मन्त्रीहरु देश र जनताको मन्त्री बन्न नसकेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘के मन्त्रीहरु गुटका मात्रै मन्त्री हुन्?, मन्त्रीहरु देशको हुन सकेनन, मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित बजेट बन्यो, म मन्त्री बन्दा र अरु मन्त्री बन्दा कुन ठाउँमा कति बजेट गयो हिसाब किताब गरे हुन्छ ।’

पार्टी भित्र र सत्ता साझेदारबाटै बजेट फेल गराउने चेतावनी आइरहँदा अर्थमन्त्री पुन र प्रधानमन्त्री दाहालले ठूलो सम्झौता नगरे असार सात गते बजेट पास गर्न असहज बन्ने देखिएको छ ।

https://singhadarbar.com/post/124400/

https://singhadarbar.com/post/128655/

https://singhadarbar.com/post/128983/

https://singhadarbar.com/post/131298/

https://singhadarbar.com/post/129618/

https://singhadarbar.com/post/129560/

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE