Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी राधेश्याम सुवालको नाममा रहेको २७ हजार ७ सय ९८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने तोकिएको छैन् । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल वा प्रधान कार्यालय टंगालमा आइपुग्नेगरी आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्