काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर पहिले नै संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएकोमा तोकिएको समयभित्र आवेदन नपरेपछि जोकोहीले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको कम्पनीले एक सूचनामा उल्लेख गरेको छ ।
सेयर खरिदको लागि संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी वा संस्थाहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी सुन्धाराको बाघदरवारस्थित माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफुले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्