Shikhar Insurance
National Life

डिशहोम फाइबरनेटको ७२ घण्टे बम्पर अफर, २४ महिने रिचार्जमा ६-महिना निःशुल्क

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १८:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ ।

भोली शनिबार आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै गरेको खुसियालीमा डिशहोम फाइबरनेटले यस्तो अफर ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिशहोम फाइबरनेटकोले आज दिउसो २ बजे ‘ईतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२-घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल (फेसबुक) मार्फत गरेको हो । कम्पनीले भन्यो, ‘रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ ।’

साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । विशेष ७२-घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्