Shikhar Insurance
National Life

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु, ५९९ मा अनलिमिटेड अन–नेट भ्वाइस प्राप्त गर्न सकिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । टेलिकमले भोलि असार १ गतेदेखि लागु हुने गरे उक्त अफरहरु ल्याएको हो ।

अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन-नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ-नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसैगरी, सजिलो ६३६ प्याक अन्तर्गत ६३६ मा अनलिमिटेड अन-नेट भ्वाइस, १५० मिनेट अफ-नेट भ्वाइस तथा १०० अन-नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टेलिकमको अनुसार सजिलो ७९९ प्याकमा अनलिमिटेड अल-नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल-नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ । कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ ।

टेलिकमले भन्यो, ‘इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० मा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ । त्यसैगरी, एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आइपीटिभी तथा प्रिमियम आइपीटिभीका प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आइपीटिभी तथा प्रिमियम आइपीटिभी प्याकेजहरु र एक्सजीपीओएन प्याकेजहरुमा डाटा मात्र, बेसिक आइपीटिभी तथा प्रिमियम आइपीटिभी का प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुनेछन् ।’

ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्