Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १६:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र विभिन्न चार संस्थाहरुबीच सम्झौता भएको छ । बैंकले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका ग्राहकलाई पोखरा २६, कास्कीस्थित लेखनाथ सिटी हस्पिटलको General Bed मा २५ प्रतिशत, Cabin, Post – OP & Lab मा  १५  प्रतिशत, ICU मा १० प्रतिशत र Surgeries & Pharmacy मा ५ प्रतिशत छुट प्राप्त गर्न सकिने सम्झौता भएकाे छ । त्यस्तै, ललितपुर–३, पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकको Regular Treatment मा १० प्रतिशत र Specialized Treatment सेवामा ५ प्रतिशत छुट सम्झौता भएकाे छ ।

त्यसैगरी, बुटवल–५, रुपन्देहीस्थित ए एण्ड ए हेल्थ क्लबकाे Food Supplement मा ५ प्रतिशत प्रतिशत, 3 Months Advance Fee मा १० प्रतिशत, 6 Months Advance Fee मा १५ प्रतिशत र 12 Months Advance Fee मा १९ प्रतिशत छुट दिने सम्झौता भएको छ । त्यस्तै, बैंकका ग्राहकलाई तिलोत्तमा–५, मणिग्रामस्थित एनजी मार्केट्सकाे Garments मा १० प्रतिशत, Household & Electronics Appliance मा ५ प्रतिशत, FMCG Food/Fresh Products मा १.५ प्रतिशत र FMCG Non Food मा २ प्रतिशत छुट हुने समझदारी भएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्