काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार ४०० रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ४० हजार ५०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४० हजार ९०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्