Shikhar Insurance
National Life

सीआइबीले सुरु गर्‍याे ६० किलो सुनको पुरक अनुसन्धान, त्रिवि विमानस्थल भन्सारका कर्मचारी आतंकित

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १८:५६
Hyundai
NCELL
NIMB

काठमाडौं। केद्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ६० किलो सुन तस्करीको पुरक अनुसन्धान सुरु गरेको छ । सीआइबीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुलाई बोलाएर बयान लिन सुरु गरेको हो ।

६० किलो सुन तस्करीको प्रहरीले पुरक अनुसन्धान सुरु गरेको सीआइबीका प्रवक्ता एसएसपी होविन्द्र बोगटीले बताए । प्रवक्ता बोगटीले सिंहदरबारसँग भने, ‘६० किलो सुन तस्करीको पुरक अनुसन्धान सुरु भएको छ, कयौं विषयहरु खुल्दै गएका छन्, सोधपुछका लागि त्रिवी भन्सारका कर्मचारीहरुलाई बोलाइएको हो।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सीआइबीले धमाधम बयानका लागि बोलाउन थालेपछि त्रिवी भन्सार कार्यालयका कर्मचारीहरु भने आतंकित बनेका छन् । एक कर्मचारीले भने, ‘सीआइबीले ६० किलो सुन तस्करीको पुरक अनुसन्धान गर्ने भन्दै ‘स्टन्ट’ सुरु गरेको छ, पटक-पटक कर्मचारीलाई दुख दिनु सीआइबीको नियत ठिक छैन।’

अदालतले साफाई दिएका व्यक्तिलाई समेत सिआइबीले पुन: बोलाउँदै बयान लिइरहेको छ । २०८० साउन २ गते त्रिवी भन्सार कार्यालयबाट ६० किलो सुन बाहिरिएको थियो । राजस्व अनुसन्धान विभागले ब्रेक शु मा ल्याएको सुनको अनुसन्धान समेत अघि बढाएको थियो । १९ दिनसम्म अनुसन्धान गरेर विभागले प्रहरी समक्ष आत्मासमर्पण गर्दै सिआइबीलाई बुझाएको थियो ।

सिआइबीले ६० किलो सुनको अनुसन्धानको जिम्मा पाएपछि लामो समयसम्म टेक्निकल अनुसन्धान गर्ने भन्दै समय गुजारेको थियो । ठूला तस्करलाई जोगाउन तत्कालिन सिआइबीकी प्रमुख डीआइजी किरण बज्राचार्यले शंकास्पद भुमिका खेलेकी थिइन । उनले भन्सारका कर्मचारीहरु सबैलाई थुन्ने भन्दै धम्की समेत दिएकी थिइन । सिआइबीले केही तस्करमा संलग्न व्यक्तिहरुलाई अनुचित लाभ लिएर छाडेको समेत आरोप लाग्ने गरेको छ । डीआइजी बज्राचार्यलाई गृह मन्त्रालयले विभागीय कारबाही समेत गरेको छ । अहिले सीआइबी प्रमुखमा डीआइजी श्यामलाल ज्ञवाली छन् ।

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धान भन्दा थप अनुसन्धान नगरी सिआइबीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायार गरेको छ । अदालतमा मुद्दा विचाराधिन भएपनि सिआइबीले पुन अनुसन्धान सुरु गरेको हो । ६० किलो सुन तस्करीको घटना बाहिर आएसँगै त्रिवी भन्सारमा कर्मचारी सरुवा हुन डराउन थालेका छन् । हाल भन्सार जाँचपासमा संलग्न ३ जना भन्सारका कर्मचारी थुनामै रहेका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्