एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली किआङले बिहीबार चीन र न्युजिल्यान्डलाई साझा विकासका लागि सँधै साझेदारका रूपमा रहन आह्वान गरेका छन् ।
न्युजिल्यान्डका गभर्नर जनरल सिन्डी किरोसँगको भेटमा लीले चीन र न्युजिल्यान्डले समान विकास अवधारणा, सांस्कृतिक मूल्य र अन्तर्राष्ट्रिय प्रस्तावहरू साझा गरेको साथै दुई देशले एक अर्काको विकासबाट वर्षौंदेखि फाइदा उठाएको बताएका हुन् ।
राष्ट्रपति सी चिनपिङबाट किरोलाई हार्दिक बधाई दिँदै लीले दुई देशबीचको जीवन्त मित्रता र ५२ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि द्विपक्षीय सम्बन्धमा उल्लेखनीय प्रगति भएको उल्लेख गरे ।
चीन–न्युजिल्यान्ड रणनीतिक साझेदारीको १० औं वार्षिकोत्सवको अवसरमा भएको यो भ्रमण मित्रता र सहयोगको यात्रा भएको लीले बताए । व्यापक रणनीतिक साझेदारीलाई संयुक्त रूपमा अद्यावधिक गरी दुई देशका जनता र विश्वलाई थप फाइदा पु¥याउन न्युजिल्यान्डसँग काम गर्न चीन तयार रहेको उनले प्रतिवद्धता जनाए ।
न्युजिल्यान्डसँगको सहकार्य सुदृढ पारी शिक्षा र संस्कृतिजस्ता क्षेत्रमा जनताबीच सदाचारीता वृद्धि तथा कर्मचारी आदानप्रदान विस्तार गर्न मैत्रीपूर्ण अन्तरक्रिया सिर्जना गर्न दुवै देशका जनतालाई सहयोग गर्न चीन इच्छुक रहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्