काठमाडौं । सुख्खा बन्दरगाहा भन्सार कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीको सरुवा भएको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा प्रमुख भन्सार अधिकृत मैनालीको सरुवा भएको हो । नयाँ भन्सार प्रमुखमा मन्त्रीसँग निकट रहेका उपसचिव धन बहादुर बरुवाल गएका छन् ।
बरुवाल बिहिबार सुरुवाको चिठ्ठी बुझ्न बिहिबार अर्थ मन्त्रालय पुगेका छन् । मैनालीलाई भने तालिम केन्द्र पठाएको छ । सुख्खा भन्सार कार्यालयमा पछिल्लो समय तस्करहरुले एकथरी भन्दै अर्कोथरी सामान जाँचपास गर्न खोज्दा सुपारी र पोस्ता दाना भएको खुल्न आएको थियो । पोस्ता दाना र सुपारीको लिलाम नहुँदै मैनालीको सरुवा भएको हो ।
यस्तै, आन्तरिक राजस्व कार्यालय विराटनगरमा उपसचिव भुपाल शक्यलाई जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयको २ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयको प्रशासन महाशाखामा रहेका टोकराज पाण्डेको ठाउँमा नारायण प्रसाद सापकोटा आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्