काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी रघुनाथ प्रधानको नाममा रहेको १ लाख ६२ हजार ९ सय ६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको खरिद बिक्री मूलय भने तोकिएको छैन। सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यका कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल, बैंकको प्रधान कार्यालय काठमाडौं नक्सालमा आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्