काठमाडौं । भन्सार विभागले विद्युतिय सवारी साधनहरुको आयातमा किलोवाट मार्फत भन्सार छलि भएको निष्कर्ष निकालेको छ । सय किलोवाट भन्दा माथीका इभी गाडीहरु ९९ किलोवाट लेखाएर भन्सार जाँचपास भैरहेका थिए । सो सम्बन्धमा सिंहदरबार डटकमले निरन्तर समाचार प्रकाशन गरेपछि भन्सार विभागले प्रारम्भिक अध्ययन गरेको थियो ।
प्रारम्भिक अध्ययनबाट इभीहरुको भन्सार जाँचपासमा किलोवाट छलि मार्फत अर्बौं राजस्व चुहावट भएको निष्कर्ष निकाल्दै विभागले थप महसुल असुल गर्न र भविष्यमा जाँचपास गर्दा उच्च सर्तकता साथ जाँचपास गर्न मातहत सबै कार्यालयहरुलाई पत्राचार गरेको हो ।
बढी किलोवाटको गाडी कम किलोवाट देखाउदै भित्र्याउन थालेपछि विभागले सबै कार्यालयहरुलाई नयाँ सर्कुलर जारी गरेको हो । विभागको सर्कुलरमा विद्युतिय गाडी जाँचपास गर्दा मोटरको पिक पावर क्षमताका सम्बन्धमा उत्पादक कम्पनीको आधिकारिक वेबसाइटमा उल्लिखित मोटरको क्षमता/पिक पावर समेतका कागजातहरु अनिवार्य रुपमा जाँच गरी यकिन भई कारोबार मूल्य कायम गरी जाँचपास गर्न भनिएको छ ।
इभि गाडिमा किलोवाट छलीबाट ५ अर्ब राजस्व चुहावट भएको छ : राजस्व सचिव घिमिरे
विभागले जेठ ४ गते भन्सार जाँचपास परिक्षण कार्यालय, तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक, रसुवा भन्सार कार्यालय रसुवा लगायत सम्पुर्ण भन्सार कार्यालयलाई पत्राचार गरेको हो । पत्रमा इभी गाडीको जाँचपासमा पुर्ण रुपमा कानुनी प्रकृया पुरा गरेर मात्रै जाँचपास गर्न भनिएको छ । भन्सार जाँचपास परिक्षण कार्यालयको चलानी नम्बर ३३७ मिती २०८१ बैशाख ५ गते, तातोपानी भन्सार कार्यालयको चलानी नम्बर ६६३ मिती २०८१ बैशाख २४ गते तथा रसुवा भन्सार कार्यालयको चलानी नम्बर १००६ २०८० चैत ९ को पत्रको सन्दर्भमा विभागले परिपत्र गरेको हो ।
इभी गाडीमा किलोवाट छली: ६ करोडको मेसिन ल्याउँदा थपिन्छ ५ अर्ब बढी महशुल
पत्रमा भनिएको छ, ‘ भन्सार जाँचपास परीक्षण कार्यालयले पैठारीकर्ताहरुको जाँचपास पछिको पेरीक्षणको लागि भन्सार जाँचपास परीक्षण कार्यविधि, २०७८ को दफा ६(४) तथा दफा ६(७) बमोजिम छनौट भई जाँचपास पछिको परीक्षण गर्ने व्यहोरा जानकारी नै होला । भन्सार शीर्षक ८७०२, ८७०३, ८७०४ अन्तर्गत पर्ने विद्युतीय सवारी साधनहरुको जाँचपास गर्दा मोटरको पिक पावर क्षमताका सम्बन्धमा उत्पादक कम्पनीको आधिकारिक वेबसाइटमा उल्लिखित मोटरको क्षमता/पिक पावर समेतका कागजातहरु अनिवार्य रुपमा जाँच गरी यकिन भई कारोबार मूल्य कायम गरी आर्थिक ऐन, २०८० बमोजिमको महसुल असुल गरी यसअघि महसुल छुट भएको भए सो समेत असुल गरी उच्च सतर्कताको साथ जाँचपास गर्न निर्देशन गरेको छु ।’
इभी किलोवाट छलि प्रकरण: भन्सार विभागले सवारी परीक्षण कार्यालयलाई बोलायो
विभागको सो पत्रसँगै यसअघि आयातकर्ताहरुले किलोवाट छलि गरेर ल्याएका हजारौं इभी गाडीहरुको पुन: मोटर पिक पावर परिक्षण गरी थप अनिवार्य भन्सार महसुल तिर्नु पर्नेछ ।
अर्थ मन्त्रालयले बजेटपछि जेठ १६ गते आयोजना गरेकव पत्रकार सम्मेलनमा बोल्दै राजस्व सचिव डा. रामप्रसाद घिमिरेले इभि गाडी आयातमा विचलन भएको तथ्य स्वीकार गरेका थिए । सचिव घिमिरेले भनेका थिए, ‘इभी आयातमा विचलन देखिएको छ, विशेषगरी ५० देखी सय किलोवाटसम्मको रेन्जमा बढी विचलन देखिएको छ ।’
ओमोडा, डीपल सहित इभी गाडीहरूले किलोवाट घटाएर गरे भन्सार जाँचपास, प्रमाण संकलन गरिँदै
यसरी किलोवाट छलि गरी गाडी भित्र्याउनेहरुमा एमएडब्लु वृद्धिले भित्र्याएको चागंनको डीपल, शारदा ग्रुपले भित्र्याएको ओमोडा, साइमेक्स इंकले भित्र्याएको बीवाईडी लगायतका गाडीले किलोवाट छलेर धमाधम गाडी भित्र्याइरहको विभागको अध्ययनले देखाएको छ । विभागको आन्तरिक अध्ययन अनुसार इभी गाडीको आयातमा किलोवाट छलिबाट मात्रै ५ अर्ब भन्दा बढी महसुल छलि भएको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्