काठमाडौं । नेकपा(एमाले) का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेको छन् ।
बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानविन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् ।
उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानविन गर्नुपर्ने बताए । उनले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए । उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस्