काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेकाले सर्वसाधारणका लागि आज (बुधबार)देखि सेयर बिक्री खुल्ला गरेको हो ।
बैंकले सेयरधनी विमल तिमल्सिनाको नाममा रहेको ८ हजार ५३२ कित्ता, भुपाल दाहालको नाममा रहेको ६२ हजार १५२ कित्ता, सुदन प्रसाद अधिकारीको नाममा रहेको ५ हजार ४८९ कित्ता, गोपाल श्रेष्ठको नाममा रहेको ६ हजार ९०० कित्ता र नवल किशोर राजभण्डारीको नाममा रहेको ८६ हजार ४६६ कित्ता गरी जम्मा १ लाख ६९ हजार ५ सय ३९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्