Shikhar Insurance
National Life

हिमालयन बैंकको ५० लाख कित्ता बढी सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको कूल ५० लाख ९१ हजार ८ सय १८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी सुप्रिना मास्केको नाममा रहेको ८ हजार ३ सय ५७ कित्ता, शैलेश नाथ मास्केको ८ हजार ३ सय ५७ कित्ता, पुन प्रसाद सुवेदीको ४० हजार ९४३ कित्ता, म्युचल ट्रेडिङ्ग कं प्रालिको ५० लाख कित्ता, उपेन्द्र मान प्रधानको २ सय ९२४ कित्ता, स्वान इन्टरनेशनल प्रालिको ३१ हजार २ सय ३७ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंस्थित कानून विभागमा आवेदन पेश गर्न सक्नेछन् । बैंककले सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक फरक रहेकाले मूल्य तथा अन्य जानकारीको लागि केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंककले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्