Shikhar Insurance
National Life

भन्सार छलि गर्न खोज्दा फस्यो जनकपुर रिफाइनरी, क्रुड भनेर तयारी तेल आयात

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १८:११
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार छलि गर्न खोज्दा जनकपुर रिफाइनरी प्राली फसेको छ । विराटनगर भन्सार कार्यालयबाट फरक भन्सार घोषणा गर्न खोज्दा फसेको हो । जनकपुर रिफाइनरीले क्रुड पाम तेल भन्दै भन्सार घोषणा गरेको थियो । विराटनगर भन्सार कार्यालयले शंका लागेपछि तेल जाँच गर्न भन्सार विभाग नमुना पठायो ।

विभागको ल्याबबाट क्रुड भनिएको पाम तेल जाँच गर्दा तयारी तेल भएको प्रमाणित भयो । क्रुड पाम तेलका लागि आयातमा १० प्रतिशत भन्सार तिर्दा पुग्छ भने तयारी तेलका लागि १५ प्रतिशत भन्सार महसुल तोकिएको छ । क्रुड भनि घोषणा गरेको तेल शंका लागेपछि चेकजाँच गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ढकालले सिंहदरबारसँग भने, ‘जनकपुर रिफाइनरीले क्रुड भनि घोषणा गरेको पाम तेल शंका लागेपछि चेकजाँचका लागि भन्सार विभाग पठाएका थियौं, विभागको ल्याबबाट पनि तयारी तेल भएको प्रमाणित भैसकेको छ, अब उसले १५ प्रतिशत भन्सार तिरेर मात्रै भन्सार जाँचपास गर्न सक्छ ।’ प्रालीले १२ सय ९९ मेट्रिक टन तेल आयात गरेको छ ।

जकपुर रिफाइनरीका संचालकहरु भने विभागको निर्णयमा चित्त नबुझेर उच्च अदालत पाटन पुगेका छन् । पाटन उच्च अदालतले नियमित १० प्रतिशत भन्सार र ५ प्रतिशत धरौटी राखी जाँचपास गर्न भन्सार विभागको नाममा आदेश दिएको छ । तर हालसम्म धरौटी रकम राख्न रिफाइनरीका संचालक तयार भएका छैनन् । उल्टै विभाग विरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

प्रयोगशालाबाट नै तयारी तेल भएको प्रमाणित भैसकेकाले १५ प्रतिशत भन्सार तिरेर मात्रै तेलको जाँचपास हुनसक्ने विभागको निष्कर्ष छ । विभागका एक कर्मचारीले भने, ‘स्पष्ट रुपमा भन्सार छलि गर्ने उदेश्यले फरक वस्तु घोषणा गरेको छ, अदालतले पनि धरौटी रकम राखेर मात्रै जाँचपास गराउनु भनेको छ, तर संचालकहरु भने शक्तिकेन्द्र धाएर अनुचित दबाब दिइरहका छन् ।’

नेपालको प्रमुख निर्यात वस्तुमध्ये पाम तेल एक हो । चालु वर्षको १० महिनामा ७ अर्ब ३७ करोड मूल्य बराबरको पाम तेल आयत भैसकेको छ । सो तेल भारतमा निर्यात हुने गरेको छ । भारतले पाम तेलमा भन्सार महसुल बढि लगाउँदा नेपाली व्यवसायीहरुले भन्सार महसुलको फाइदा उठाइरहेका छन् ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्