Shikhar Insurance
National Life

बेवारिसे थन्किएका सवारी साधनहरुकाे तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छ : सांसद गैरे

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले देशभर बिगे्रर बसेका सवारी साधनहरुको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धि विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद गैरेले वातावरणलाई प्रदुषित गर्ने ढंगले अर्वाैको सवारी साधनहरुलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताए । सांसद गैरेले सरकारी कार्यालयलाई विग्रेर सवारी साधनहरु थन्क्याउने ठाउँको रुपमा विकास गर्न नहुने पनि बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्