काठमाडौं । लक्ष्मी सन्राइज बैंकले ‘प्रोजेक्ट ५K’ परियोजनाका साथ ‘विश्व वातावरण दिवस-२०२४’ मनाएको छ । बैंकले यस वर्षको विश्व वातावरण दिवस Our Land, Our Future. We are #GenerationRestoration” नारालाई आत्मसाथ गर्दै वातावरण दिवस मनाएको हो ।बैंकले देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजार रूखहरू राेपेका छन् । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको बैंकले जनाएको छ ।प्रोजेक्ट ५K सँगै लक्ष्मी सन्राइज बैंकले सोही दिवसमा आफ्नो एभोडेड इमिसन रिपोर्ट Avoided Emission Report पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्ने बैंकले विश्वास लिएको छ । यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ tCO2e कार्बन उत्सर्जन हुनबाट जोगाएको छ।यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्राइज बैंकले आफ्नो Green र Responsible मूल्यहरु आत्मसाथ गर्दै “Orange Loves Green” नारालाई मूर्तरूप दिएको छ।
फेमस न्यूज
२
प्रतिक्रिया दिनुहोस्