काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातौं वार्षिक आज (जेठ २८ गते) बस्दैछन् । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा आज आम्रपाली ब्याङ्गकेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने भएका हुन् ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सभामा चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभामा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न उक जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ ।
कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।
साथै, कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १४ गते एक दिन बन्द गरी सकेको छ । जसअनुसार जेठ १३ गते सम्म कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्