काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ मा पुगेको हो ।
आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२ रुपैयाँको कारोबार भएको छ ।
आज १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आइतबार बुद्ध भूमी नेपाल हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, पोखरा फाइनान्सको ७.१२ प्रतिशत, लक्ष्मी लघुवित्तको ६.६१ प्रतिशत, माई ओला हाइड्रोपावरको ५.३४ प्रतिशत सहित १७९ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्