Shikhar Insurance
National Life

ग्रामीण विकास लघुवित्तको साधारण सभा असार १५ गते, के-के छन् एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ९औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार १५ गते कम्पनीको प्रधान कार्यालय बुटवलमा ११ बजेदेखि आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा चालू आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने ।

कम्पनीले अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोसम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनको लागि कम्पनीले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार २ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्