Shikhar Insurance
National Life

एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १८:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताएका छन् । उनले गणतन्त्र दिवस, २०८१ को अवसरमा मुलुकको समृद्धि, विकास र राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धनमा सामेल भएको उल्लेख गरेका हुन् ।

उनले भने,“यसअघिको सत्ता गठबन्धनले देशको हित गर्दैन भन्ने हाम्रो बुझाइ थियो । अहिलेको गठबन्धन निरन्तरता आवश्यक छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्याप्त छलफल हुन नसकेको सवाल उठे पनि एमाले बजेटलाई समर्थन र कार्यान्वयन गरेर जाने पक्षमा रहेको स्पष्ट पारे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे नेपालको संविधान, पार्टीको विधान, अन्तर्राष्ट्रिय अभ्यास, सम्बन्धित पार्टीका आम कार्यकर्ताको बुझाइ तथा सम्बन्धित व्यक्तिको रुची के छ भन्ने आधारमा हेर्नुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्