काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय(MSMEs) वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडी सँग सम्झौता गरेको छ ।
युएसएआइडी Trade and Competitiveness ले बैंकलाई नेपालभरका MSMEs माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्ने सम्बन्धमा यी दुई कम्पनीबीच सम्झौता भएको हो । बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ MSMEs लाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।
बैंकको हालसम्म ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टरहरु रहेको छ ।
प्रतिक्रिया दिनुहोस्