Skip to content
Shikhar Insurance
National Life

ब्याजमा १० प्रतिशत छुट पाउने, असारसम्म हर्जाना नलाग्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी लघुवित्तले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । लघुवित्तले तिरेको कर्जाको ब्याज रकममा छुट दिने तथा हर्जाना सम्बन्धी व्यवस्थालाई हटाउने निर्णय गरेको हो ।

कोभिड १९ को दोश्रो लहरको कारणले ग्राहक सदस्यको नियमित व्यापार, व्यवसाय, रोजगारीमा परेको प्रतिकूल प्रभावको असर न्युनीकरण गर्ने तथा महामारीको समयमा ग्राहक सदस्यलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्देश्यले यस्तो छुटको निर्णय गरेको हो ।

लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित कम्पनीले २०७८ आसार मसान्तसम्म भुक्तानी गर्नु पर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने भएको हो ।

यसअघि लघुवित्त बैंकर्स संघले सदस्य लघुवित्तहरुलाई ब्याज रकममा छुट दिन आह्वान गरेको थियो । ब्याज तथा हर्जाना ब्याज छुट सम्बन्धी व्यवस्था २०७८ जेठ १ गते देखि लागु भई २०७८ असार मसान्त सम्मको लागि कायम रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्