Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १२:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सास्थित किरण आई हस्पिटलबीच सम्झौता भएको छ । आई हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले किरण आई हस्पिटलका सेवाहरुमा ४० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने सम्झौतामा उल्लेख छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएमहरु रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्