Shikhar Insurance
National Life

प्रभु बैंकका कर्मचारीलाई हेयर एण्ड शान्ति सैलुनमा ३० प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक र हेयर एण्ड शान्तिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सौन्द्रर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक राज कुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्तिमा माथि उल्लेखित सौन्द्रर्य सम्बन्धि सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सैलुनमा Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure लगायतका सुविधाहरु रहने हेयर एण्ड शान्तिले जनाएकाे छ ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर बिभिन्न स्थानमा (आउटलेटः काठमाण्डौ भित्र ८ र पोखरा १, बिरगंज १, हेटौडा २ र नारायणघाट १ ) बाट सौेन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आईरहेको छ । बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्