Shikhar Insurance
National Life

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अंकले घटेर २०७७.७८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३२२ कम्पनीको ८८ लाख १३ हजार ३ सय ७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७ सय २० रुपैयाँको कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार सबैभन्दा धेरै एनआरएन इनफ्रस्टकचर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको १८ करोड ६८ लाख ४ हजार ९ सय १७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ५१ रुपैयाँ पुगेको छ ।

बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने माई खोला हाइड्रोपावरको सेयर मूल्य ६.४० प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्