काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १.९३ अकंले घटेर २०७७.७८ मा पुगेको हो ।
बिहिबार ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ कारोबार भएको छ ।बिहिबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, बुद्ध भूमी नेपाल हाइड्रोपावरको ९.८८ प्रतिशत, मान्दु हाइड्रोपावरको ८.४३ प्रतिशत, सुपर मादी हाइड्रोको ७.५८ प्रतिशत सहित १३० कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्