Skip to content
Shikhar Insurance
National Life

योगेश र गोकर्णले गरेनन् रिटमा हस्ताक्षर, देउवालाई माधव नेपाल पक्षका २३ सांसदको साथ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका २३ सांसद प्रतिनिध सधा विघटको विपक्षमा उभिएका छन् । संसद विघटको विपक्ष र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने मागसहितको रिटमा नेपाल–खनाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन् ।

रिटमा नेपाल समूहमा भनिएका एमाले नेताद्वय योगश भट्टराई र गोकर्ण विस्टले हस्ताक्षर गरेका छैनन् ।

सांसदहरू अहिले वारेसनामा तयारीमा लागेका छन् । रिटमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका उपेन्द्र बाबुराम पक्षका सांसदले पनि हस्ताक्षर गरेका छन् ।

यी हुन् रिटमा हस्ताक्षर गर्ने २३ सांसदः

१ विराेध खतिवडा २ जीवनराम श्रेष्ठ ३ घनश्याम भुसाल ४ साेमप्रसाद पाण्डे ५ कृष्णलाल महर्जन ६ झपट रावल ७ निरादेवि जैरू ८ सरलाकुमारी यादव ९ कल्याणी खड्का १० लक्ष्मी चाैधरी ११ माधव नेपाल १२ भीम रावल १३ कलिला खातुन १४ रामकुमारी झाँक्री १५ झलनाथ खनाल १६ पुष्पा कर्ण कायस्थ १७ भवानीप्रसाद खापुङ १८ यज्ञ सुनुवार १९ सुरेन्द्र पाण्डे २० मुकुन्द न्याैपाने २१ मेटमणि चौधरी २२ दीपकप्रकाश भट्ट २३ नारायण खतिवडा

GBIME

प्रतिक्रिया दिनुहोस्