Shikhar Insurance
National Life

अन्नपूर्ण केबलकारमा प्रभु बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १७:५४
Hyundai
NCELL
NIMB

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रालि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्ने सम्झौता भएको हो । अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्नपूर्ण केबलकार पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्