Shikhar Insurance
National Life

प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन : महामन्त्री थापा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बजेट निर्माणमा उदासिन भएसम्म बजेट काम लाग्ने डकुमेण्ट नबन्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

महामन्त्री थापाले मुलुकको कार्यकारी प्रधानमन्त्रीले बजेट निर्माणको विषयमा चासो र संलग्न भएको बताए । उनले बजेट निर्माण प्रधानमन्त्रीले चासो र सग्लन हुन आवश्यक भएपनि उदासिन देखिएको उल्लेख गरे । उनले प्रधानमन्त्रीले बजेटप्रति उदासिन भएसम्म बजेट हावादारी र काम नलाग्ने डकुमेन्टका रुपमा प्रश्तुत भइरहेको दाबी गरे । उनले प्रधानमन्त्रीले बजेट निर्माणमा चासो र सक्रिय संग्लनता जनाउन आवश्यक रहेको औंल्याए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महामन्त्री थापाले हरेक वर्ष बजेट प्रश्तुत गर्ने बेलामा अर्थमन्त्री परिवर्तन हुने भएकाले बजेटको जिम्मेवारी कसले दिने भन्ने गहन प्रश्न खडा भएको बताए । उनले सत्तापक्षको ठूलो दल नै बजेट आफूहरुको नभएको प्रतिक्रिया भएको भन्दै बजेटको कार्यान्वयन र जिम्मेवारी विहिन हुने अवस्था देखिएको बताए । उनले अर्थमन्त्रीले रातो कितावमा लेखेको कुरा अर्को वर्ष संसदमा यी कार्यक्रम योजना पूरा भए र पूरा हुन बाँकी छन् भन्ने वातावरण बनाउने जिम्मा कसले लिने ? भन्दै प्रश्न गरे ।

उनले रातो कितावले लेखेको कुराको जिम्मेवार कोही पनि नदेखिएको बताए । उनले सत्तापक्षसँग बहुमत भएको पास भइहाल्न भन्दै हावादारी अनुमान गरेर बजेट ल्याउने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको बताए । उनले आर्थिक वृद्धिदर ६ प्रतिशत र ३ अर्ब बढी विदेशी अनुदान आउनसक्ने अवस्थानभएको बेला ५६ अर्ब अनुदान ल्याउने अनुमान हावादारी रहेको बताए ।

उनले सत्तापक्षले ताली ठोकेर पास हुन्छ भनेर हावादारी बजेट ल्याउने प्रद्धतीको संसदमा अभ्यास भइरहेको बताए । उनले मुलुकको बजेट दिनप्रतिदिन हावादारी हुँदै गएको जानकारी गरे । उनले मुलुकको अर्थतन्त्रलाई कडा रोग लागेको भन्दै सरकारले यसको तत्काल उपचार खोज्न जरुरी रहेको बताए । उनले अर्थतन्त्रमा आएको समस्या संरचनाको कारणले आएको भन्दैसंरचना परिवर्तन गरेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । महामन्त्री थापाले सरकार भ्याट छुटको सूचि घटाउँदै जानुपर्ने ठाउँमा उल्टो बाटो हिँडेको आरोप लगाएका छन् । उनले अग्रिम आयकरको बाटोबाट करका दरको समस्या समाधान नहुने बताए । उनले विद्युतीय सवारी साधनको बारेका अर्थमन्त्री विगतका उर्जामन्त्री भएको बेला गरेको भाषण र अहिले अर्थमन्त्री हुँदा लगाएको करमा भिन्नता भएको बताए ।

उनले विद्युतीय सवारी साधनमा इन्ट्रीदेखि माथि लक्जरी सवारी साधनमा समेत एउटै दरको कर बनाउनु राम्रो नभएको भन्दै यसको अध्ययन गरेर परिवर्तन गरिएको अध्ययन संदनलाई जानकारी गराउन माग गरे । उनले चिनियाँ गाडीका कुरा विधेयकमा किन छिराउनु भयो ? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे । महामन्त्री थापाले निश्चित डिजाइन चेन्ज गर्ने आयोजनालाई भन्सार छुट दिएर बाँकीलाई दिन्न भन्नु केही आयोजनाका लागि मात्रै तोकेर छुट दिएको आरोप लगाए । उनले करका नीतिहरु स्थिर बनाउन आवश्यक रहेको भन्दै विद्युतीय सवारी,आलु प्याज,स्पोन्ज आइरन लगायतका करका दरहरु अर्थमन्त्रालयका एकदुई जना कोठामा बसेर चलाउने विषय नभएको बताए । उनले बेलायत,क्यानडा लगायत अन्य मुलुकको अभ्यासलाई हेरेर करका दरलाई हेरफेर गर्न आवश्यक रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्