Shikhar Insurance
National Life

भगवती हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५८ अंकले घटेर २०७९.७१ मा पुगेको हो ।

बुधबार ३०६ कम्पनीको ८० लाख ४२ हजार ७ सय ६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९३ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयरमा सर्किट लागेको हो ।

साथै, आज मनकामना स्मार्ट लघुवित्तको ९.८३ प्रतिशत, माई खोला हाइड्रोपावरको ९.६५ प्रतिशत, विजय लघुवित्तको ७.९० प्रतिशत, लक्ष्मी लघुवित्तको ७.६४ प्रतिशत सहित ११२ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्