Shikhar Insurance
National Life

व्यावसायिक पशुपालन गर्दै दाङका बाबुराम, मासिक ३ लाख आम्दानी

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १३:४०
Hyundai
NCELL
NIMB

दाङ । घोराही उपमहानगरपालिका–६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएका छन् । बीस वर्ष दुबईमा रोजगारी गरेर फर्केपछि उनले ‘बहुउद्देश्यीय कृषि तथा पशुपन्छी’ फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्न थालेका हुन् ।

उनका फार्ममा लैना भैँसीसँगै एकनासका पाडापाडी आरामले बसेका देखिन्छन् । बाबुरामले फार्म श्रीमती विमला वलीका नाममा दर्ता गरेका हुन् । महिलाका नाममा व्यवसाय दर्ता गर्दा सहुलियत पाइने भएकाले यसो गरेको उनको भनाइ रहेको छ । बाबुरामले ३६ वटा भैँसी किनेर व्यवसाय सञ्चालन गरेको बताए । अहिले फार्ममा आठ दुहुना भैँसी र तिनका आठवटा पाडापाडी रहेका भन्दै देउखुरीको बेलामा नौवटा भैँसी रहेका उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दूध दिँदासम्म आफैँले राख्ने दूध दिन छोडेपछि (बकेर्नो) भैँसीलाई देउखुरीको बेला गाउँपालिकाका यादव समुदायलाई मासिक रकम दिएर पाल्न लगाउँछौं । भैँसी बियाउने भएपछि फेरि फार्ममा ल्याउछौं बाबुरामले भने । यसरी आफूलाई पनि सहज भएको र यादव समुदायका बेरोजगार युवालाई केही आम्दानी पनि भएको उनको भनाइ रहेको छ । बिहान–बेलुका गरी दैनिक ९६ लिटर दूध बजार पु¥याउने गरेको बाबाुरामले बताए । महिनाको ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाएर ३ लाख ४० हजार आम्दानी भइरहेको उनले जानकारी दिए ।

आफैँले मोटरसाइकलमा क्यान राखेर दूध घोराही बजारका ग्राहकका घरघरमा पु¥याउने गरेको उनको भनाइ रहेको छ । आफ्नो काम गर्न लाज मान्नु हुँदैन । पसिनाको कमाई मीठो हुन्छ । भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ उनले भने । गत वर्ष दूध बिक्री गरेर जम्मा भएको रकमले साढे दुई कट्ठा जग्गा थपेको बाबुरामले बताए । भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने भएकाले बाहिरबाट किन्नु पर्दैन उनले बताए । गोठको एउटा कोठामा बरसिम घाँस, गहुँको भुस राखेको छु ।

वार्षिक २० हजारमा साढे एक बिघा खेत भाँडामा लिएर घाँसखेती गरिरहेको बाबुरामको भनाइ छ । हालसम्म स्थानीय तह वा सरोकार भएका निकायबाट कुनै अनुदान वा तालिम नपाएको भन्दै उहाँले कहाँबाट कसरी सहयोग लिने भन्ने अनभिज्ञ रहेको बताए ।

बाबुरामले भैँसीबाहेक १७ वटा खसी, बोका र बाख्रा पाल्नुभएको छ । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ, त्यसमा अलिकति थपे बाख्रालाई पुग्छ । एउटै मेहनतमा दोहोरो फाइदा लिन सकिने भएकाले बाख्रा पनि पालेको हो उनले भने । उनका अनुसार गत वैशाखमा ७० किलोको खसी कटाउँदा ५६ हजार आम्दानी भएको थियो । बाख्रापालनबाट दैनिकरुपमा आम्दानी नभए पनि मासिकरुपमा हुने उनको भनाइ रहेको छ ।

रोल्पाको तिला गाउँपालिका पुरानो बासस्थान भएका वली नेपाल आर्मीमा भर्ना भई तालिम गरी सेनामा आबद्ध भएका छन् । तत्कालीन समयमा मुलुकमा जनयुद्ध चलिरहेकाले सेनाको काम छोडेर भारत गएको उनले बताए । भारतमा छ महिना काम गरेर फर्केपछि ८० हजारमा घोराही–६ बचाहामा जग्गा किनेको बाबुरामले जानकारी दिए ।

पछि दुबईका लागि भिसा लगाएर गएँ । २० वर्ष दुबई बसेपछि स्वदेश मै केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्केर पशुपालन थालेको हुँ उनले भने ‘परिवारसँगै बसेर काम गर्दा विदेशको तुलनामा सहज हुनाका साथै आम्दानी पनि मनग्ये हुने रहेछ ।’ उनले युवालाई विदेश जान रोक्नका लागि तीनै तहका सरकारले सीपमूलक तालिमका साथै रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्