Shikhar Insurance
National Life

सुनको भन्सारमा अर्थमन्त्री पुनको अस्वभाविक चासो, कर बढ्दा तस्करलाई मार्जिन बढ्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १२:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सुनमा भन्सार महसुल वृद्धि गरेका छन् । सुन तस्करीलाई मार्जिन बढ्नेगरी पुनले महसुल वृद्धि गरेका हुन्। अर्थ मन्त्रालयले सुनमा भन्सार महसुल बढाएर २० प्रतिशत पुर्याएको छ । अब सुन तस्करले १ तोला (११.६६ ग्राम) सुनमा २८ हजार ४०० मार्जिन बस्नेछ । जसमा एक किलो सुन तस्करी भएर आउँदा २४ लाख ३५ हजार मार्जिन बस्नेछ ।

भन्सार महसुल बढ्दा सुन व्यावसायमा गम्भिर असर परेको सुन चाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेज रत्न शाक्यले बताए । उनले भने, ‘सरकारले सुन व्यवसायलाई बुझ्नै सकेन, यो त एउटा कच्चा पदार्थ हो, बढिरहेको सुनको मूल्यमा अझै भन्सार थप हुदाँ आन्तरिक बजार मात्रै होइन, गहना निर्यातको काम ठप्प हुने अवस्था छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुन जन्मेदेखि मृत्यु संस्कारसम्म र नेपाली समाजको संस्कृतिसँग जोडिएको विषय हो । अर्थ मन्त्रालयले एकतर्फी भन्सारको मूल्य बढाउँदा नेपालमा भन्दा भारतमा सुन सस्तो भएको छ । बुधबारको मूल्यसूचि अनुसार भारतमा प्रतितोला सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ रहेकाे छ । नेपालमा भने सुनको मूल्य १ लाख ४२ हजार पुगिसकेको छ । यसरी हेर्दा भारतमा भन्दा नेपालमा प्रतितोला नै ८ हजार सुन मँहगो भैसकेको छ ।

हालसम्म नेपालबाट भारतमा सुन तस्करी भैरहेकोमा अब भारतबाट नेपालमा सुन तस्करी हुनेछ । खुला सिमानाका कारण सुन सजिलै भित्रिने व्यवसायीहरुको तर्क छ । सुन आफैंमा तयारी वस्तु नभएर कच्चा पदार्थ भएको व्यवसायीहरुको तर्क छ । सुन उद्योगलाई सरकारले खराब दृष्टीले हेरेको सुन व्यवसायी शाक्यको भनाइ छ ।

अर्थमन्त्री पुनलाई सुन तस्करहरुकै दबाबमा सुनको भन्सार मूल्य वृद्धि गरेको आरोप लागेको छ । १४ गते राती भन्सारको दर तय गर्दा राजस्व सचिव तथा भन्सार विभागले सुनमा भन्सार महसुल बढाउन नहुँने तर्क गरेका थिए । तर मन्त्री पुनले थोरै भएपनि दर बढाउन प्रस्ताव गरेका थिए ।

पछिल्लो समय माओवादीका उच्च तहका नेताहरु सुन तस्करमा सहभागी भैरहेका छन् । पुर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, कृष्ण बहादुर महरा, उनका छोरा राहुल महरा ठूला सुन काण्डमा मुछिएका छन् । कृष्ण महराले आफू पार्टीका सानो सुन तस्कर भएको सार्वजनिक टिप्पणी गरिसकेका छन् । ठूला सुन तस्कर पार्टीभित्रै रहेको उनले संकेत गरेका छन् ।

स्रोतका अनुसार पार्टीका ठूला सुन तस्करको मार्जिन बढाउनका लागि मन्त्री पुनले सुनमा भन्सार महसुल थप गरेका हुन् । यद्यपी उनले करको दर चलाउनुका कारणको तीन महले सार्वजनिक गर्ने बताए पनि हालसम्म सार्वजनिक गरेका छैनन ।

GBIME

प्रतिक्रिया दिनुहोस्