Shikhar Insurance
National Life

वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्वारा ६४ कर्मचारीलाई सम्मान

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा मंगलवार ६४ जना कर्मचारीहरुलाई सम्मानित गरेको छ । कम्पनीमा १० बर्ष भन्दा बढि सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई कम्पनीले सम्मानित गरेको हो ।

सम्मानित भएकाहरु कम्पनीको केन्द्रिय कार्यालय, शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । कम्पनीले कर्मचारीहरुलाई सम्मानपत्र सहित खादा लगाएर सम्मान गरेको हो । सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मनोज कुमार लाल कर्णले मन्तब्य राख्दै कम्पनीमा लामो समय काम गर्ने कर्मचारीहरुलाई सम्मान गर्ने र आगामी दिनमा समेत निरन्तरता दिईने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले कर्मचारीहरुको लागि सम्मानका साथै बृत्ति विकासमा समेत ध्यान दिईरहेको हुँदा कार्य सम्पादनमा उत्कृष्ठता प्रदर्शन गरेर कम्पनीको गरिमा र प्रतिष्ठा बढाउन प्रमुख कार्यकारी अधिकृत कर्णले जोड दिए । सो अवसरमा कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले मन्तब्य व्यक्त गर्दै दक्षता र क्षमताको अधिकतम प्रयोग गरी अनुकरणिय कार्य गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

त्यस्तै, कनिष्ठ उपप्रमुख कार्यकारी अधिकृत माधव प्रसाद शर्माले योजनाबद्ध रुपमा काम गर्ने परिपाटीको बिकास गरी कार्यक्षेत्रमा अब्बलता प्रदर्शन गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्