काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा शत प्रतिशत छुट दिने निर्णय गरेको छ । कपनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा व्यतित अवधिअनुसार २५ देखि १०० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।
साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट जारी भएका व्यतित बीमालेख जेठ २३ गतेदेखि ३० गतेसम्म नवीकरण गर्दा छुट पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ३ वर्ष अवधिको व्यतित बीमालेखमा १०० प्रतिशत, तीन देखि माथि पाँच वर्षसम्म अवधिको बीमलेखमा ५० प्रतिशत छुट पाइने कम्पनीले जानकारी दिएको छ
साथै, पाँच देखि माथि सात वर्षसम्म अवधिको बीमालेखमा ३५ प्रतिशत र सात वर्ष देखि माथि जतिसुकै अवधिको बीमालेखमा २५ प्रतिशत ब्याज छुट पाइने कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्