काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आव २०८१/८२ को बजेटले उद्योग नै बन्द गर्नु पर्ने अवस्था बनाएको बताएका छन् । उनले मंगलबार आयोजित उद्योग व्यवसायमैत्री वातावरण निर्माण कार्यक्रममा बोल्दै बजेटले उद्योग क्षेत्रमा नकरात्मक प्रभाव पारेको बताएका छन् ।
उपाध्यक्ष ढकालले भने,’बजेटले इभीमा लगाएको कर घटाइदिए हुन्थ्यो । बजेटले केही राम्रो पक्षहरु ल्याएको भएपनि कोइला, हरित, कच्चा पदार्थ, फलामे छडमा लगाएको कर, नितिगत अस्थिरता जस्ता पक्षहरू नकारात्मक रहेको छ ।’ उनले बजेटले निर्माण पेमेन्टको कुरामा सम्बोधन नगरेप्रती गुनासो समेत व्यक्त गरेका छन् ।
उनले अहिलेको बजेटले उद्योग नै बन्द गर्नु पर्ने अवस्था बनाएको उद्योग व्यवसायीहरूको गुनासो रहेको बताए । मुलुकको अर्थतन्त्र बढाउन उद्योगलाई प्रबर्द्धन गर्नु पर्ने बताउदै उनले भने, ‘उद्योग बन्द गराउने गरी कर बढाउने र कच्चा पदार्थहरु बढाउने अबस्थाले मुलुकको अर्थतन्त्र कहा पुग्छ ? धान र गहुमा समेत कर बढाएको छ । कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ।’
उपाध्यक्ष ढकालले सरकारले राजस्वबाट देश चलाउन खोजेको बताउदै निर्माण व्यवसायलाई फस्टाउन सके अर्थतन्त्र वृद्धि हुने दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस्