Shikhar Insurance
National Life

‘अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन माग’

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद कृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी उपलब्ध गराउन माग राख्यका घन् ।

उनले बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताको माग गर्दै शान्तिवाटिकामा ३६ दिनदेखि अनशनरत अपाङ्गता भएका दीपक भण्डारी बिरामी भएर अस्पतालमा भर्ना भएका सदनलाई अवगत गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन २०७४ लागू गर्नुपर्ने र तत्काल अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहयोगीको उपलब्ध गराउनुपर्नेमा सांसद परियारले जोड दिए ।

सांसद अधिकारीले सहाराविहीन अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था गर्ने नियामावलीलाई यथाशीघ्र लागू गर्न सम्बन्धित मन्त्रालयलयाई निर्देशन दिनुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्