काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अंकले बढेर २०८५.३० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७ सय ८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ लाख ४७ लाख १५ हजार ८ सय ७७ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सेयर बजार सामान्य सुधार भएता पनि एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज ग्लोबल आइएमई लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर १० प्रतिशतले अर्थवा प्रतिकित्ता १ सय ३१ रुपैयाँ ५० पैसाले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्