काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्तको १० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो ।
डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ८८ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको ४ लाख १८ हजार ३ सय २६ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।
बोनस सेयर जेठ २१ गते नेप्सेमा सुचिकृत भएको हो । उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्र नेप्सेमा कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्