काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३।९७ अंकले घटेर २०७९.०७ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार २ सय ४३ रुपैयाँको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेलपमेन्ट बैंक को कारोबार भएको छ । कम्पनीको १४ करोड ८५ लाख ९५ हजार २४८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ९५ रुपैयाँ रहेको छ ।
सोमबार ११० कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज बुद्ध भुमी हाइड्रोपावरको सेयर मूल्य ९.६६ प्रतिशतले बढेको छ भने एक कम्पनीको सेयरमा नकरात्मक समिर्कट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्