काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ मा पुगेको हो ।
सोमबार ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ कारोबार भएको छ ।
सोमबार बुद्ध भूमि नेपाल हाइड्रोपावरको ९.६६ प्रतिशत, हिमालयन लघुवित्तको ६.९१ प्रतिशत, नेशन लघुवित्तको ६.०५ प्रतिशत सहित १३५ कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यस्तै, आज (सोमबार) एक कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज एनआइबीएल स्टेबल फण्डको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.९० प्रतिशत, कालिन्चोक दर्शनको ४.४६ प्रतिशत, राप्ति हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्शनको ४.१२ प्रतिशत सहित १६२ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्