Shikhar Insurance
National Life

सडक विभाग र महानगर प्रहरीबीच विवाद

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १४:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन् । सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो । महानगरले फुटपाथ बिस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न सुरु गरेसँगै विवाद भएको थियो ।

न्युरोडका स्थानीय अमररत्न बज्राचार्यले काठमाडौं महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि बिरोध सुरू भएको बताएका हुन् । उनले महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको बताए । उनले सडक विभागले सडक नकाट्नु भन्दाभन्दै पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अहंकारले गर्दा यो स्थिति सिर्जना भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्य स्थानीयहरुले महानगरपालिकाको नेतृत्वले घमण्ड देखाउँदा यो स्थिति सिर्जना भएको आरोप लगाए । महानगर प्रहरी फर्किएसँगै सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन्

GBIME

प्रतिक्रिया दिनुहोस्