Shikhar Insurance
National Life

प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छ : सांसद महतो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १३:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका छन । सोमबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका हुन् ।

उनले प्रदेश र स्थानीय तहको बजेट कटौती गर्नु नहुने बताए । उनले संघीयालाई सवल बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अझ बजेट आवश्यक पर्ने जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै छलफलमा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले बजेट समाजवादउन्मुख हुन नसकेको बताए । उनले राज्यले दायित्व नबेहोरेको स्थितिको बजेट भएकाले समाजवादउन्मुख भन्न नमिल्ने बताए । सांसद अधिकारीले कृषिमा लगानी दशक घोषणा गरिएपनि वैज्ञानिक कृषि प्रणालीको कुनै योजना नदेखिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्