काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाबाट पारित भएको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । सभामा ५.५० प्रतिशत बोनस सेयर पारित गरेको थियो ।
कम्पनीले माघ २४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको सम्बिन्धित डिम्याट खातामा बोनस सेयर जम्मा गरेको जानकारी दिएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।
साथै, माघ २४ गतेसम्म सेयर धितो राखि कर्जा लिएका सेयरधनीको हकमा बोनस सेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का भई सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । कर्जा राफसाफ भइसकेको खण्डमा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।
कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भएको जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्