Shikhar Insurance
National Life

 केपी ओलीले १० हजार करोड भ्रष्टाचार गरेको बालेनको आरोप

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १० अर्ब भ्रष्टाचार गरेको आरोप लागेको छ । काठमाडौं महानगरपालिपकाका मेयर बालेन शाहले ओलीलाई गिरिबन्धु जग्गा प्रकरणमा १० हजार करोड भ्रष्टाचारको नाइके भएको आरोप लगाएका हुन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ’१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’

GBIME

प्रतिक्रिया दिनुहोस्