काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको खरिद बिक्री मूल्य तोकिएको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आफुले के कति कित्ता सेयर खरिद गर्ने हो खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अगाडी बढाउने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्