Shikhar Insurance
National Life

विश्वकप क्रिकेट:प्रति छक्का १२ हजार, सुपर-८ मा पुगे ३० लाख दिने वाइवाइ चाउचाउको घोषणा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिजी ग्रुपको लोकप्रिय उत्पादन वाइवाइ चाउचाउले विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने टीमलाई बम्पर पुरस्कारको घोषणा गरेको छ । कम्पनीले प्रतिरन प्रति विकेटमा नगद पुरस्कार घोषणा गरेको हो । जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद रू ३० लाख पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले जनाएको छ ।

यो घोषणासंगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी-२० विश्वकपको सुपर-८ पुग्नासाथ वाइ वाइ चाउचाउको तर्फबाट नगद रु. ३० लाख प्राप्त गर्नेछ । यसका साथै वाइवाइ चाउचाउले जारी विश्वकपमा नेपालको जीतको श्रृंखला अगाडी बढाउन खेलाडीहरुको मनोबल उच्च पार्ने उदेश्यले अन्य विभिन्न पुरस्कारहरुको पनि घोषणा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमा प्रत्येक रन बनाएवापत रू. १ हजार, प्रत्येक चौका वापत रू. ८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो। यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू-१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।

वाइवाइले त्यो बेलादेखि नेपालको क्रिकेट विकासका लागि लगानी गर्न थालेको थियो जुन बेला क्रिकेट खेलको मैदानमा दर्शक नै हुदैनथे । ‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टि-२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् ता पनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइ वाइ विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ। र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइ वाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’

नेपालले टि-२० विश्वकपको श्रृंखला अर्न्तगत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दैछ । त्यस्तै टेष्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्