Skip to content
Shikhar Insurance
National Life

मुख्यसचिव छाडेका रेग्मीलाई थप दुई देशको राजदुत बनेर काम गर्ने जिम्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (यूके)का लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

रेग्मी मुख्यसचिव छाडेर बेलायत लागेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्