काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १३.५१ अंकले बढेर २०८३.०४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आइतबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । कम्पनीको २२ करोड ६४ लाख १३ हजार २८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय रुपैयाँ रहेको छ ।
साथै, पोखरा फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स,अप्पर लोहोरे खोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेलपमेन्ट बैंक, सिईडीसि हाइड्रोपावर डेलपमेन्ट , कालिञ्चोक दर्शनको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्